Take a fresh look at your lifestyle.

अखिल अध्यक्ष भन्छन्- ३२ वर्षे क्याप कोही व्यक्ति लक्षित छैन, भावनामा नबहकियौं

0

काठमाडौं । अनेरास्ववियुका अध्यक्ष समिक बडालले ३२ वर्षे उमेरहद कुनै व्यक्ति लक्षित नभएको बताएका छन् ।

संगठन विद्यार्थीहरूको साझा थलो मात्र नभई पार्टीको नेतृत्व विकास गर्ने पाठशाला भएको स्मरण गराउँदै पार्टीका नीतिगत निर्णयप्रति स्पष्ट प्रतिबद्धता व्यक्त गर्नुको सट्टा भावनामा नबहकिन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमा कतिपय नेताहरूको नाम जोडेर गरिएका टिप्पणीले संगठनको अनुशासन, एकता र मर्यादामा आँच पुर्‍याएको भन्दै अध्यक्षले गम्भीर असन्तुष्टि जनाएका छन्। ‘यस्ता क्रियाकलापहरूले आन्तरिक एकतालाई कमजोर पार्दछ र विरोधीहरूलाई फाइदा पुर्‍याउँछ,’ उनले भनेका छन् ।

संगठनभित्र असन्तुष्टि वा बहस भएमा त्यसको समाधान पार्टीको आन्तरिक प्रक्रिया र समन्वयमार्फत खोजिनुपर्ने अध्यक्षको भनाइ छ। सामाजिक सञ्जाललाई विवाद सार्वजनिक गर्ने माध्यम बनाउनु अनुशासन विपरीत रहेको भन्दै अध्यक्षले नेताहरूलाई संयमित र विवेकपूर्ण बन्न आग्रह गरेका छन्।

उमेर सम्बन्धी बहस कुनै नयाँ विषय नभई पहिलेदेखि छलफलमा रहेको र यसले कुनै एक व्यक्तिलाई लक्षित नगरेको भन्दै उनले भावनामा बहिएर प्रतिक्रियात्मक नभई संगठनप्रति विश्वास कायम राख्न सबैलाई आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.