Take a fresh look at your lifestyle.

प्रधानमन्त्री लक्षित प्रचण्डको टिप्पणी- जेठ १५ को काठमाडौं कब्जा, लाजै मर्नु

0

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसको दिन काठमाडौं कब्जा गर्ने घोषणा लाजै मर्नु भएको टिप्पणी गरेका छन् ।

योङ कम्युनिष्ट पार्टी (वाईसीएल) नेपालको तेस्रो सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै उनले देश दुनियाँमा एमाले भन्ने पार्टीको बेइज्जत भएको भन्दै राजावादीको प्रतिवाद माओवादीबाहेक अहिलेको सरकारदेखि कोहीकसैले पनि गर्न नसक्ने दाबी गरे ।

प्रचण्डले भने, ‘जसरी चैत १५ मा तीनकुनेमा मण्डलेहरुले हत्या, हिंसा, लुटपाट, आगजनीको चरित्र देखाए, त्यसको प्रतिवाद अरुले गर्दैनन् । यो सरकारको त केही हैसियत नै छैन । यो सरकारको इच्छाशक्ति पनि छैन । गफ दिनेबाहेक केही पनि छैन । उनीहरुले गफ गरे । हामीले गफ नै नगरेर एक लाख मान्छे उतारेर देखायौं । यिनीहरुले गफ गरे काठमाडौं कब्जा, लाजै मर्नु । देश दुनियाँमा एमाले भन्ने पार्टीको यति बेज्जत भयो ।’

Leave A Reply

Your email address will not be published.