बहुमतको अनादर गरेको भन्दै अनेरास्ववियुले लगायो जनप्रशासन क्याम्पस प्रमुख र निर्वाचत समितिको कार्यकक्षमा ताला
काठमाडौं । अनेरास्ववियु जनप्रशासन क्याम्पस कमिटीले बहुमतको अनादर गरेको भन्दै क्याम्पस प्रमुख र निर्वाचन समितिको कार्यकक्षमा तालाबन्दी गरेको छ ।
स्ववियु निर्वाचन समितिले मनपरी ढङ्गले नियम विपरीत स्ववियु उपाध्यक्ष र सहायक सचिव पद रिक्त राखी स्वविय कार्यसमितिलाई शपथ ग्रहण गराउन खोजे पछि तालाबन्दी गरिएको अनेरास्ववियु क्याम्पस कमिटी अध्यक्ष शंकर दुवेले जानकारी दिए ।
सो क्याम्पसमा चैत ५ गतेको निर्वाचनमा अनेरास्ववियुले बहुमत प्राप्त गरेको थियो । चैत १५ गते समानुपातिक तर्फका सदस्य निर्वाचित भएको सूचना प्रकाशित गरेपछि अनेरास्ववियुले आफूसँग रहेका ११ सदस्यको बहुमतको हस्ताक्षर सहित चैत १७ गते निर्वाचन कमिटीलाई स्ववियु उपाध्यक्ष र सहायक सचिव टुङ्गाउन लिखित रूपमा निवेदन दिइएको थियो ।
पटक पटक निर्वाचन प्रक्रिया अगाडी बढाउन आग्रह गर्दा पनि निर्वाचन समितिले नसुनेर, विद्यार्थीको मतलाई अनादर गरेको कारण ताल लगाइएको उनले जानकारी दिए ।
क्याम्पस प्रशासन, शिक्षक कर्मचारी, निर्वाचन समिति लगायत निर्वाचनमा अनेरास्ववियु विरुद्ध प्रयोग हुँदा पनि अनेरास्ववियुले जीत निकालेकोमा अहिले पुनः विद्यार्थीको मतको अनादर गरेको अनेरास्ववियुको भनाइ छ ।
स्ववियु निर्वाचन कमिटीले २१ सदस्यीय नव निर्वाचित स्ववियू कार्यसमितिलाई बोलाई स्ववियु उपाध्यक्ष र सहायक सचिवको निर्वाचन गराउन र शपथ ग्रहण गराई प्रमाणपत्र वितरण गर्न आग्रह गरेको छ ।