काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नुवाकोटमा राजावादी युवा कुटिएकोबारे टिप्पणी गरेका छन् ।
काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको वाईसीएलको सम्मेलनको उद्घाटन गर्दै उनले नुवाकोटमा अराजकता देखाएपछि जनताले नै उक्त युवकलाई प्रतिवाद गरेको जिकिर गरे ।
घटना सम्झिँदै उनले आफूले बोलिसकेको र यो प्रश्न गर्ने कार्यक्रम नभएको भनेर बताए पनि अराजक शैलीमा ति युवाले प्रस्तुत भएपछि कुटिएको उनको भनाइ थियो । प्रचण्डले हाँस्दै भने, ‘मैले सम्झाउँदा सम्झाउँदै नमानेर अराजकता देखाएपछि हामीले होइन जनताले नै प्रतिवाद गरेका हुन् । उसले राम्रै भेट्यो । उसले जीवनभरी पुग्ने भेट्यो ।’
त्यस्तै, उनले आफूहरुमाथि वा व्यवस्थामाथि आइलाग्नेमाथि जाइलाग्ने पनि बताए । उनले वाईसीएलका कार्यकर्तालाई त्यस किसिमको तयारी पनि गर्न आग्रह गरे ।
याे पनि पढ्नुस्:
राजावादीलाई इँटको जवाफ पत्थरले दिने तयारी गर्न वाईसीएललाई प्रचण्डको निर्देशन (भिडिओ)