Take a fresh look at your lifestyle.

विद्युत प्राधिकरणको घाटाबारे ऊर्जामन्त्री- यथार्थ बाहिर ल्याइदिएका हौँ, लोडसेडिङ हुँदैन (भिडिओ)

0

काठमाडौं । ऊर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको श्वेतपत्रमार्फत अहिलेको यथार्थ बाहिर ल्याइएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बैठकपछि संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै श्वेतपत्र जारी भइसकेको भन्दै पार्टीका सांसदहरूले पनि लागेको कुरा बोलेको बताए ।

संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ भन्ने तपाईँकै पार्टीका सांसदहरूले पनि उठाउनुभएको छ भन्ने जिज्ञासामा उनले भने, ‘उहाँहरू अधिकार सम्पन्न हुनुहुन्छ, संसद अधिकार सम्पन्न छ। छानबिन गरिदियो भने अझै राम्रो हुन्छ ।’

उनले नेपाल लोडसेडिङको बाटोमा नरहेको दाबी गरे।

प्राधिकरण घाटाबारे उनले भने, ‘श्वेतपत्र राम्ररी अध्ययन गरिदिनु न, जे यथार्थ हो त्यो ल्याइदिएको छ। त्यो राम्ररी अध्ययन गरिदिनुभयो भने सबैलाई प्रष्ट हुन्छ।’

Leave A Reply

Your email address will not be published.