Take a fresh look at your lifestyle.

मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न रास्वपाको माग, सरकार भागबण्डामा केन्द्रित भएको आरोप

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति नगरेको भन्दै असन्तुष्टि जनाएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सांसद चन्दा कार्कीले राष्ट्र बैंक देशको वित्तीय मेरुदण्ड भएको बताइन्।

उनले भनिन्, ‘गभर्नरको कार्यकाल सकिएको एक महिनाभन्दा बढी भइसक्यो। तर आजसम्म त्यो पद खाली छ। आजसम्म सरकार मौन र निर्णयविहीन भएर बसेको छ। यो एउटा पद खाली भएको विषय मात्रै होइन। देशको अर्थतन्त्र नेतृत्वविहीन भएको संकेत हो।’

उनले गभर्नर रिक्त हुँदा पनि सरकार अझै भागबण्डामा खेलमा व्यस्त रहेको आरोप लगाइन्। गभर्नर कसको भागमा पर्ने भन्ने सौदाबाजीको खेलमा लागेर देशको अर्थतन्त्रको भविष्य दाउमा लगाइरहेको बताइन्।

उनले मात्रै होइन, रास्वपाकी सचेतक निशा डाँगीले उनले मेरिटोक्रेसीको आधारमा गभर्नर नियुक्ति गर्न पनि सरकारलाई सुझाव दिइन्।

Leave A Reply

Your email address will not be published.