Take a fresh look at your lifestyle.

नेकपा एकीकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित

0

रुपन्देही । नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार अबेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।

अधिवेशनबाट उपाध्यक्षमा इन्द्र राई, सचिवमा भीम बहादुर क्षेत्री, उपसचिवद्वयमा शेरजंग गुरुङ (ईश्वर) र शिवकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचितहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शुभकामना दिँदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरे ।

उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिति रहेको थियो ।

यसअघि अधिवेशन उद्घाटन समारोहमा बुटवल वडा नं. ११ का रमेश परियारले एमाले परित्याग गरी तथा श्याम सुनार नेपाली कांग्रेस परित्याग गरी नेकपा एसमा समाहित भएका थिए । उनीहरूलाई पार्टी सचिव पाण्डेयले टिका लगाएर स्वागत गरेका थिए ।

Leave A Reply

Your email address will not be published.