Take a fresh look at your lifestyle.

महेन्द्ररायबारे प्रचण्ड- नामसँग अप्ठ्यारो मान्नुभयो, आउने माओवादीमै हो

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेसपाका अध्यक्ष महेन्द्रराय यादव पनि माओवादीमै आउने दाबी गरेका छन् ।

नेसपाका गंगानारायण श्रेष्ठ पक्षसँग भएको पार्टी समायोजन घोषणा सभालाई सम्बोधन गर्दै अहिले यादवले पार्टीको नामको विषयलाई लिएर केही अप्ठ्यारो मानेपनि आउने माओवादीमै भएको बताए ।

उनले आज बिहानसम्म पनि यादवसँग सल्लाह भइनैरहेको बताए ।

उनले भने, ‘उहाँसँग सल्लाह भएर नै गंगानारायण श्रेष्ठको नेतृत्वमा हुने साथीहरू पनि एकता प्रक्रियामै जाने हो । माओवादी सँग नै । उहाँले पनि एकतामै जाने हो । नामको कारणले उहाँलाई अप्ठ्यारो लाग्यो, महाधिवेशनसम्म भन्ने तर्क छ । बिहानमात्रै पनि कुरा गरेको थिएँ । कुनै तिक्तता र नमिठो मान्नुपर्ने छैन ।’

उनले प्रतिबद्धता अनुसार नै यादव पनि चाँडै एकता प्रक्रियामा आउने विश्वास व्यक्त गरे । आजै नेपा राष्ट्रिय पार्टीसँग पनि आजै एकता घोषणा हुन लागेको जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.