काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकार, कुनै पार्टी वा नेता मन नपरे निर्वाचनबाट हटाउन सकिने बताएका छन्। उनले लोकतन्त्रमा बसेर देशलाई अस्थिरतातर्फ लैजाने प्रयास सफल हुन नदिने बताए।
पोखरामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सरकार बदल्न पाइन्छ, ५र५ वर्षमा आवधिक निर्वाचनमा गएर आफूलाई मन लागेको पार्टी र नेतालाई हराउँन जिताउन पाइन्छ। तर लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई समाप्त गर्छु भन्न पाइँदैन।’
लोकतन्त्रभित्र बसेर शान्तिपूर्वक भेला, प्रदर्शन, विरोध, आलोचना गर्न पाउने बताए।