Take a fresh look at your lifestyle.

रास्वपाका लुम्बिनी प्रदेश सभापति राजसंस्थाकाे पक्षमा खुले, संरक्षकका रूपमा राजा चाहिने तर्क

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बनी प्रदेश सभापति देवराज पाठकले राजसंस्थाप्रति रूझान देखाएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नाे अभिमत राख्दै उनले राजसंस्थाको वकालत गरेका हुन् ।

उन्नत भनिएकाे गणतन्त्रमा यस्तो लुट, भ्रष्टाचार, बेतिथि, अराजकता, अन्याय र सत्ताको चरम दुरूपयोग हुन्छ भन्ने लागेको भए ०६२/०६३ मा जनता सडकमै नआउने पाठककाे विश्लेषण छ । रक्षक नै भक्षक भएपछि कसैको केही नलाग्ने भन्दै उनले यही बितृष्णा स्वरूप सडकमा राजतन्त्रको चर्चा सुरु भएको बताएका छन् ।

उनी लेख्छन्, `मलाई लाग्छ कि जबसम्म जनताले विवेकपूर्ण तरिकाले सही जनप्रतिनिधि छान्ने अवस्था रहँदैन, त्यो सामर्थ्य राख्दैनन्, त्यो समयसम्म देश र जनताको संरक्षणका लागी संरक्षकको रुपमा राजा चाहिन्छ ।´

उनले राजतन्त्रको विरासत छाेरा वा छाेरी जाे भए पनि राजा विरेन्द्रको वंशभित्र रहनुपर्ने तर्क पनि गरेका छन् ।

पाठक थप्छन्, `यो बहसमा फेरि पनि पुरुषप्रधान दृष्टिकोणले न्याय गरेन । राजा विरेन्द्रकी छोरी श्रुतीका दुई सन्तान गिर्वाणी र सुरांगना छन्। किन बेलायत झैं राजाको ठाउँमा महारानी नराख्ने ? यो प्रश्न उठनु पर्थ्यो कि पर्थेन ? किन यो युगमा पनि हामी लैंगिक विभेद गरिरहेका छौं ? राजतन्त्रवादीहरुले यो हेक्का राख्नु पर्थ्यो कि पर्थेन ?´

५८ वर्षिय पाठक २०८० फागुनमा रास्वपाकाे लुम्बिनी प्रदेश सभापति चयन भएका हुन् । उनी २०७९ काे आमनिर्वाचनमा दाङ १ बाट रास्वपा उम्मेद्वारसमेत बनेका थिए । तर पराजित भए । नेकपा एसका मेटमणी चाैधरी २६ हजार ५६३ मत ल्याएर विजयी हुँदा पाठकले १३ हजार ७ सय ९४ मतका साथ तेस्राे स्थानमा रहे ।

Leave A Reply

Your email address will not be published.