Take a fresh look at your lifestyle.

कृष्ण सिटौलाको प्रश्न- सामन्ती संस्थाको अधिकारका लागि लड्न आउने कस्ता होलान् ?

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देश राजाले नभई जनताले बचाउने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताए ।

सिटौलाले भने, ‘राजा आऊ देश बचाऊ भन्छन्, राजाले देश बचाउँछन् ? देश त जनताले बचाउँछन् नि ! एउटा सामन्ती संस्थाको अधिकारको लागि, शोषण र दमनको प्रतीकको संस्थाको लागि लड्ने मानिस कस्ता होलान् ? कसरी आए होलान्र ? कसरी ढुंगामुढा गरे होलान् ? कसरी भित्र मान्छे थुनिएर बसेको छ भन्दाभन्दै बाहिरिबाट आगो लगाइदिए होलान् ? कल्पना गर्नुस् ।’

उनले विगतमा आफूहरूले पनि शान्तिपूर्णरूपमा ठूलो आन्दोलन गरेको स्मरण गरे ।

उनले थपे, ‘त्यत्रो आन्दोलनबाट आयौँ हाम्रो हातखुट्टा केही भएका छैनन्, आन्दोलनमा खट्नेहरूले गोली र लाठी खपे, हामीले कहिल्यै त्यस्तो निर्मम घटना घटाएनौँ । तर, आज सानो जुलुस आयो । सरकारले तोकेका ठाउँमा कार्यक्रम नगरेर पागलपन जस्तो त्यस्तो घटना गराए । नेपालमा कहाँ राजा छ र आउनलाई ? तीन करोड जनसङ्ख्या भएको ठाउँमा दश/बीस हजार मान्छे अनेक ढंगबाट जोडेर, हामी चिन्दैनौँ र देख्दैनौँ कसको रूप र खुट्टा कहाँ छ भनेर ? हामीलाई थाहा छैन र !’

उनले अहिले आफूहरू गम्भीर समीक्षासहित जन आवश्यकताअनुसार संविधान संशोधन गर्ने पक्षमा रहेको बताए ।

Leave A Reply

Your email address will not be published.