Take a fresh look at your lifestyle.

मधेशका एमाले सांसद ठाकुरको आरोप- उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरु सिना तानेर घुस माग्छन्

0

जनकपुरधाम । मधेश प्रदेशका नेकपा एमाले सांसद दीपेन्द्र ठाकुरले उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरुले खुलेयाम घुस माग्ने गरेको आरोप लगाएका छन् ।

लामो समयपछि आज बसेको प्रदेशसभा बैठकमा उनले माननीयहरुबाटै वडाध्यक्षहरुले घुस माग्ने गरेको आरोप लगाए । उनले भने, ‘उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरु माननीयहरुसँग घुस मागिरहेका छन् । वडाध्यक्षहरु सिना तानेर दुईदेखि पाँच प्रतिशत घुस माग्छन् ।’

उनले माननीयज्यूहरु लडाइँ, झगडा र मरिहत्ते गरेर क्षेत्रमा बजेट लग्ने गरेको र उपभोक्ता समिति गठन गर्न वडाध्यक्षहरुलाई घुस दिन बाध्य भएको बताए ।

सांसद ठाकुरले कतिपय माननीय घुस दिएको पनि सुनाए ।

उनले भने, ‘पृथ्वीनारायण शाहले त्यतिबेला एउटा विधेयक बनाउनु भएको थियो- घुस लिने र दिने दुबै देशका शत्रु हुन्, तर घुस खाने मान्छेलाई कारबाही हुनुपर्छ । घुस दिन त विवश पारिन्छ ।’

सांसद ठाकुरले वडाध्यक्षहरुले सिना तानेर घुस मागिरहेको कुरा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै यसको विकल्प खोज्न पनि माग गरेका छन् ।

Leave A Reply

Your email address will not be published.