Take a fresh look at your lifestyle.

जनताले देशलाई चाहिने पार्टी माओवादी नै रहेछ, ०८४ मा अरू खोज्दैनौँ भन्दैछन्: नन्दबहादुर पुन (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नन्दबहादुर पुनले पछिल्लो समय माओवादीप्रति जनताको भरोसा बढेको दाबी गरेका छन्।

प्रेस सेन्टर प्युठानले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपराष्ट्रपतिसमेत रहेका पुनले सुशासनको क्षेत्रमा केही गर्छ भने माओवादी नै गर्छ भन्ने जनतामा परेको बताए।

उनले भने, ‘माओवादी केन्द्र बीचमा कता हरायो भन्ने लागिरहेको थियो। यो पार्टी पनि उस्तै हो कि भन्ने लागेको थियो। तर हाम्रो घरदैलोमा विगतका कमीकमजोरीहरू सच्याउने प्रतिबद्धता गरेपछि जनतामा केही गर्छ त माओवादीले गर्छ। र देशको लागि देशको लागि सशक्त, इमानदार र पारदर्शी पार्टी भनेको माओवादी नै रहेछ भन्ने जनतामा परेको छ।’

जनताले माओवादीको सोच, विचार र एजेन्डामा सहमत भएको भन्दै ०८४ को चुनावमा माओवादीलाई नै भोट हाल्ने अभियानको क्रममा प्रतिबद्धता जनाएको सुनाए। उनले विभाजित माओवादीहरू एकताबद्ध हुनुपर्छ भन्ने सहिद तथा बेपत्ता परिवारको सुझाव रहेको भन्दै एकताको अभियानमा होमिने बताए।

Leave A Reply

Your email address will not be published.