विराटनगर । निर्वाचित भए लगत्तै एक पछि अर्को विवादमा तानिएका मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझी पुन विवादमा मुछिएका छन् ।
उप निर्वाचनबाट निर्वाचित भएका माझीले उपाध्यक्षा हुँदाहुँदै वडा अध्यक्षलाई कार्यवाहक दिएर हिडेपछि उनी विवादमा तानिएका हुन ।
अदालतले यस अघि नै वडा अध्यक्षलाई कार्यवाहक दिएका विभिन्ना पालिकाका प्रमुखको विरुद्व दायर भएका रिटमा अन्तरिम आदेस दिएको छ । वडा अध्यक्षलाई कार्यवाहक दिन रोक लगाए पनि माझी आफू ९ दिने चीन भ्रमणमा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिएका छन् ।
उपाध्यक्ष गुणवतीदेखि थारु पालिकामा भएपनि आफूसँग समन्वय नगरेको र सम्पर्कमा नरहेको भन्दै माझीले वडा नं. ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका हुन् । भगत माओवादीबाट निर्वाचित भएका हुन । माझी पनि माओवादीबाट निर्वाचित भएका हुन् ।
अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने प्रावधान स्थानीय सरकार सञ्चालन ऐनमा छ । ‘मलाई देख्नासाथ तर्किने उपाध्यक्षलाई के कार्यवाहक दिनु ?’ अध्यक्ष माझीले निर्णयको कारण बताउँदै भने, ‘उपाध्यक्षसँग सम्पर्क नभएकाले यस्तो निर्णय लिनु परेको हो ।’
माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि ९ दिने चीन भ्रमणमा जाँदैछन् । यस अघि उनी अध्यक्षा निर्वाचित भएसङै अवैध खोला उत्खनन गरेको विषयमा रोक्न पत्र पठाएका प्रमुख प्रशासकियलाई स्पष्टीकरण सोधेर विवादमा तानिएका थिए ।