Take a fresh look at your lifestyle.

राजेन्द्र महतो नेतृत्वको पार्टीमा आबद्ध हुनेले अनिवार्य रुपमा एकपटक आर्थिक सहयोग गर्नैपर्ने

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा आबद्ध सबै नेताहरुले अनिवार्य रुपमा आफ्नो क्षमता अनुसार पार्टीमा आर्थिक सहयोग गर्नुपर्ने भएको छ।

अध्यक्ष महतले जारी गरेको सर्कुलरमा पार्टीका सबै तहका सबै समितिका सदस्य/पदाधिकारीहरुले पार्टीको केन्द्रीय कोषमा एकपटकको लागि स्वघोषणा तहत आ–आफ्नो क्षमता अनुसार रकम जम्मा गर्नुपर्ने उल्लेख छ।

सर्कुलरमा भनिएको छ, ‘सबै केन्द्रीय सदस्य, राष्ट्रिय सदस्य, जिल्ला संयोजक’अध्यक्ष, क्षेत्रीय संयोजक/अध्यक्ष, पालिका संयोजक/अध्यक्ष, वडा संयोजक/अध्यक्षहरुले कम्तीमा पचासवटा सहयोग रसिद भएको एउटा ठेली बराबरको चन्दा संकलन गर्नुपर्ने छ र कम्तीमा पचास वटा पार्टीको सदस्यता रसिद भएको एउटा ठेली समेत वितरण गर्नु पर्नेछ ।’

सहयोग रसिदबाट चन्दा संकलन गर्दा एउटा रसिद वापत कम्तीमा सय रुपैयाँ उठाउनु पर्ने, केन्द्रीय सदस्य र राष्ट्रिय सदस्यको हकमा केन्द्रीय अर्थ समितिले समन्वय गर्नेछ भने राष्ट्रिय परिषदको हकमा परिषदले र जिल्ला मातहतका सहयोग संकलनको समन्वय जिल्ला संयोजकले गर्ने उल्लेख छ।

केन्द्रीय सदस्य र राष्ट्रिय सदस्यहरुले उठाउने सहयोग्को बाँडफाँड गर्दा २० प्रतिशत खर्च कटाई ८० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने छ भने राष्ट्रिय परिषद र जिल्लाको हकमा उठाउने व्यक्तिले २० प्रतिशत, समन्वय गर्ने समितिले ५० प्रतिशत र ३० प्रतिशत केन्द्रीय कोषमा जम्मा गर्नुपर्ने उल्लेख छ।

Leave A Reply

Your email address will not be published.