Take a fresh look at your lifestyle.

गिरिजाप्रसाद कोइरालालाई सम्झिँदै प्रचण्डले भने- म प्रति देखाउनुभएको भरोसा कहिल्यै बिर्सने छैन

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले आफूप्रति दिएको भरोसा कहिल्यै नबिर्सने बताएका छन् ।

नेपालको शान्ति सम्झौताका हस्ताक्षरकर्ता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका एक प्रमुख नेता रुपमा कोइरालालाई १५ औं स्मृति दिवसको अवसरमा प्रचण्डले सम्झिएका छन् ।

उनले कोइरालासँगको फोटो फेशबुकमा राख्दै लेखेका छन्, ‘उहाँले आफ्नो जीवनको अन्तिम घडीमा शान्ति, संविधान र देशको रक्षाका लागि म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन । त्यसका लागि अन्तिम समयसम्म लड्ने प्रतिबद्धतासहित उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु ।’

तत्कालीन प्रधानमन्त्री कोइराला र माओवादीका अध्यक्ष प्रचण्डले २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

तस्बिर: शान्ति सम्झाैतामा हस्ताक्षर गर्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद काेइराला र माओवादीका अध्यक्ष प्रचण्ड।

 

Leave A Reply

Your email address will not be published.