Take a fresh look at your lifestyle.

गोप्यरुपमा भिडिओ खिचेको भन्दै एक पदाधिकारीमाथि रास्वपाको कारबाही

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)ले अनुशासन उल्लंघन गरेको भन्दै एक जना पदाधिकारीलाई ३ दिनका लागि निलम्बन गरेको छ ।

निर्वाचन क्षेत्र समितिका एक पदाधिकारीलाई पार्टी अनुशासन उल्लंघन गरेको कारण निर्वाचन क्षेत्रको पदाधिकारीको पदबाट नीजलाई ३ दिनका लागि निलम्बन गरिएको सो पार्टीले जनाएको छ ।

‘अनुमतिबिना पार्टीका केन्द्रीय पदाधिकारीसँगको भेटमा एक निर्वाचन क्षेत्र उपसंयोजकले मोबाइलबाट गोप्य रुपमा भिडियो रेकर्ड गरेको पाइएकोले निजलाई अनुशासनात्मक कारवाही स्वरूप निलम्बन गरिएको हो’, रास्वपाले जनाएको छ ।

उनलाई जेठ ५ गतेदेखि लागू हुनेगरी निलम्बन गरिएको हो ।

यद्यपि व्यक्तिगत प्रतिष्ठामा आँचा आउने भन्दै पार्टीले निलम्बनमा परेका नेताको नाम भने खुलाएको छैन ।

 

Leave A Reply

Your email address will not be published.