Take a fresh look at your lifestyle.

जागरण अभियानले पार्टीमा आकर्षण बढेको माओवादीको निष्कर्ष, जेठ २१ देखि फेरि सुरू

0

काठमाडौं । नेकपा माओवादी केन्द्रले जारी मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

अभियानले पार्टीप्रति आकर्षण बढेको निष्कर्षसहित जेठ २१ गतेदेखि फेरि सुरू गर्ने निर्णय गरेको सचिव लीलामणि पोखरेलले बताए । माओवादीले यसअघि जेठ २ गतेदेखि १० गतेसम्म अभियान चलाएको थियो । दोस्रो चरण लमजुङबाट सुरू हुनेछ ।

उनले भने, ‘अभियान जारी राख्छौँ । २१ गते सुरू भएर २६ गतेसम्म चल्छ । अब बर्खा पनि लागिसक्यो त्यसपछि केही समय होल्ड हुनसक्छ ।’

यसअघि माओवादीले तराईं मधेश जागरण अभियान पनि चलाएकाे थियाे। याे अभियानबाट हाैसिएर माओवादीले दाेस्राे चरणकाे अभियान सुरुवाता गरेको थियो ।

बैठकले एकता प्रक्रियामा आएकाहरूलाई जिम्मेवारी दिनेबारे पनि छलफल भएको बताए । नेसपाबाट माओवादी भित्रिएका गंगानारायण श्रेष्ठ आजको पदाधिकारी बैठकमा सचिवको भूमिकामा सहभागी थिए ।

यस्तै, बैठकमा वाइसीएलको महाधिवेशनबारे पनि छलफल भएको थियो ।

Leave A Reply

Your email address will not be published.