विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङ्ग कोशी प्रदेश सरकार एकलौटी ढंगले चलेको भन्दै सत्तामा बस्नु भन्दा प्रतिपक्षमा बस्नु ठिक भएको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै प्रमुख सचेतक तामाङ्गले सरकार एकलौटी ढङ्गले चलेको आरोपसमेत लगाएका छन् ।
उनले लेखेका छन्, ‘कोशी प्रदेश सरकारको एकलौटी रबैया प्रति घोर विमत्ती छ । तामाङ्ग नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाका विश्वास पात्र मानिन्छन् । उनले सरकारले एकलौटि ढङ्गले काम गरेको भन्दै सरकारमा रहनु भन्दा प्रतिपक्षमा बस्नु राम्रो भएको बताएका छन् ।’
उनले लेखेका छन्, ‘यस्तो सरकारमा रहनु भन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’ सांसद् तामाङले लेखेको स्टाटस प्रदेश सभापति उद्धव थापा, झापा सभापति देउमान थेबे, झापा १ का सभापति इन्द्र बुढाथोकी लगायतका नेतालाई ट्याग गरेका छन् ।
कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेका बिचमा सत्ता गठबन्धन छ । प्रदेशमा नेपाली कांग्रेसका तर्फबाट तीन जना मन्त्री सरकारमा छन् । कांग्रेसले भौतिक पूर्वाधार, कृषी तथा सहकारी, पर्यटन बन तथा बाताबरण र स्वास्थ्य मन्त्रालय सम्हालेको छ । भौतिक पूर्वाधार र स्वास्थय मन्त्रालयको जिम्वेवारी भने भुपेन्द्र राईले सम्हालेका छन् ।
सत्तामा रहेको नेपाली कांग्रेसका प्रमुख सचेतक तामाङ्गले सरकारले गरिरहेको कामका कारण आफुले टिप्पणी गरेको बताए ।
उनले नेपाल प्रेससँग भने, ‘यो मेरो व्यक्तिगत विचार हो । मलाई सरकारले गरेको कामका बारेमा लेखेको हो । यो दलको धारणा होइन ।’
पार्टीका झापा सभापति देउमान थेबेले समेत केही दिन अघि झापामा सहकारी संघको चुनावमा नेकपा एमालेसँगको सहकार्यलाई लिएर असन्तोष प्रकट गरेका थिए । उनले विज्ञप्ति नै प्रकाशित गरेका थिए ।
कोशीमा एमालले मुख्यमन्त्री सहित आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरीक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय र खानेपानी मन्त्रालयको नेतृत्व गरेको छ ।