Take a fresh look at your lifestyle.

जम्मु कश्मीर घटनामा राप्रपाको दुःख व्यक्त

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको जम्मु कश्मीरको पहलगाममा मंगलबार आतंकवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको घटनाप्रति गहिरो दुःख प्रकट गरेको छ ।

राप्रपाले विज्ञप्ति जारी गर्दै यस्ता अमानवीय, क्रुर र ह्रदयविदारक पहलगाम घटनाको निन्दा र भत्सर्ना गरेको हो ।

त्यस्तै, बंगलादेशमा केही समयअघि चर्चित हिन्दू व्यक्तित्व भावेशचन्द्र रायको अपहरणपछि निर्ममतापूर्वक हत्याको विषय पनि उल्लेख गर्दै पछिल्लो समय हिन्दु समुदायलक्षित आक्रमणहरु चिन्ताको विषय भएको पनि राप्रपाले उल्लेख गरेको छ ।

‘जुनसुकै भुगोल र जुनसुकै बहानामा हुने हिन्दुत्व र मानवता विरुद्धको आतंककारी कार्य स्विकार्य हुन सक्दैन, राप्रपा यस्ता आतंकवादी गतिविधिको सदैव विपक्षमा छ’, विज्ञप्तिमा भनिएको छ, ‘दुःखको यस घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौं ।’

आतंकवादी आक्रमणबाट ज्यान गुमाएका रुपन्देहीको बुटवल–११, कालिकानगरका सुदीप न्यौपाने र सबै मृतकहरुप्रति राप्रपाले श्रद्धान्जली पनि व्यक्त गरेको छ ।

Leave A Reply

Your email address will not be published.