Take a fresh look at your lifestyle.

शिक्षामन्त्री भट्टराईको ‘अनुपस्थितिमा’ बलरामलाई अघि सार्दै प्रधानमन्त्री

काठमाडौ । शिक्षा मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि शिक्षा मन्त्रालय नेतृत्वविहीन छ । भट्टराईको राजीनामा स्वीकृत भएर अर्को कसैलाई जिम्मेवारी तोकिएको पनि छैन ।

आज सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामाबारे जानकारी नै नभएको बताए । यसले अन्योल थपिएको छ । यद्यपि, प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा नै भट्टराईले स्वास्थ्यका कारण राजीनामा दिएको बताइसकेका छन् ।

शिक्षक आन्दोलनका कारण शैक्षिक क्षेत्र अस्तव्यस्त रहेकै बेला शिक्षामन्त्रीको राजीनामा आएको हो । तर, प्रधानमन्त्रीले तत्काल अर्को शिक्षामन्त्री नियुक्त गर्न तदारुकता देखाएका छैनन् । बरु अर्को एक विभागीय मन्त्रीलाई जिम्मेवारी खप्टिने संकेत गरेका छन् ।

आज शिक्षकहरुसँगको वार्तामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको उपस्थिति थियो । जबकि शिक्षक आन्दोलन उनको जिम्मेवारीको विषय होइन ।

यसैगरी विद्यालय शिक्षा विधेयकमा हुने छलफलमा समेत मन्त्री अधिकारीलाई पठाइने भएको छ । आज प्रधानमन्ख्त्री तथा मन्त्रीपषदको कार्यालयले सो जानकारी दिएको हो ।

समितिले संघीय संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई पत्राचार गर्दै भनेको छ, ‘तहाँ समिति र अन्तरगतको उपसमितिमा विद्यालय शिक्षा विधेयक सम्बन्धमा हुने छलफलमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय विद्या भट्टराईज्यूको अनुपस्थितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीज्यूले सहभागिता जनाउनुहुने व्यहोरा आदेशासनुसार सादर अनुरोध छ ।’

Leave A Reply

Your email address will not be published.