Take a fresh look at your lifestyle.

प्रधानमन्त्री ओलीसँग सुदूरपश्चिमका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको भेटवार्ता

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भेटवार्ता गरेका छन् ।

आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार भएको भेटवार्तामा प्रदेशको विकास र संवृद्धि बारे छलफल भएको बताइएको छ ।

मुख्यमन्त्री शाहले प्रदेश सरकारले आगामी असोज १ र २ गते गर्न लागेको लगानी तथा विकास सम्मेलन तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिएन । प्रधानमन्त्री ओलीसमक्ष लगानी तथा विकास सम्मेलनले प्रदेशको विकास ठूलो टेवा पुग्ने मुख्यमन्त्री शाहले बताएका थिए ।

भेटमा आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्न आग्रह गरिएको थियो। प्रदेशका ठूला परियोजनाको बारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो ।

Leave A Reply

Your email address will not be published.