Take a fresh look at your lifestyle.

स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु सिन्धुपाल्चोकमा पहिलो 

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा एमाले निकट अनेरास्ववियु पहिलो भएको छ । जिल्लाका  प्रतिस्पर्धी संगठनलाई पछिपार्दै सिन्धुपाल्चोकमा अनेरास्ववियु पहिलो संगठन भएको हो ।

विगतमा झैँ यस पटक पनि सबैको क्रियाशीलतामा संगठनलाई पहिलो बनाउन सकिएको अनेरास्ववियु केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज कमल बुढाथोकीले बताए ।

जिल्लाको १२ वटा क्याम्पस मध्ये  १० वटा क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो बाँकी दुइटा क्याम्पसमा स्ववियु निर्वाचन  हुन बाकी छ । दुई वटा  क्याम्पसमा पनि अनेरास्ववियुको जित सुनिश्चित भएको अनेरास्ववियु सिन्धुपाल्चोकको जिल्ला इन्चार्ज बुढाथोकीको दाबी छ । जिल्लामा ३ वटा क्याम्पस जित्दै अखिल  क्रान्तिकारी दोस्रो  र २ वटा क्याम्पस जित्दै नेबिसंघ तेस्रो भएका छन् ।

एमाले निकट अखिलले सुनकोसी बहुमुखी  क्याम्पस सभापति, ठोकर्पा  सामुदायिक क्याम्पस सभापति, इन्द्रावती क्याम्पस  सभापति, सिन्धु भ्याली क्याम्पस सभापति,अरनिको कलेजमा सचिव लगायत सदस्य  ककलिङ क्याम्पसमा सचिव लगायत सदस्य, जुगल क्याम्पसमा सचिव र कोषाध्यक्ष, मेलम्ची भ्याली क्याम्पसमा  सचिव, कोषाध्यक्षलगायत सदस्यमा जितेर संगठन पहिलो बनाएको हो ।

Leave A Reply

Your email address will not be published.