काठमाडौं । धनगढी एफसीलाई हराउँदै ललितपुर सिटी एफसी नेपाल सुपर लिग (एनएसएल) को फाइनलमा प्रवेश गरेको छ ।
दशरथ रङ्गशालामा भएको पहिलो क्वालिफायरमा धनगढीलाई २-१ गोलले पराजित गर्दै साबिक विजेता ललितपुरले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
ललितपुरका क्रेभेन्स बेलफोर्टले खेलको ५७औं मिनेटमा गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । त्यसको ४ मिनेटपछि जर्ज कार्कीले गोल गर्दै धनगढीलाई बराबरी गोल फर्काए । ७९औं मिनेटमा पापा इबाउ केबेले गोल गर्दै ललितपुरलाई दोस्रो पटक अग्रता दिलाए । त्यसपछि दुवैतर्फबाट गोल हुन सकेन र ललितपुर फाइनलमा प्रवेश गर्यो ।
खेलको १६औ मिनेटमा मणि कुमार लामाले रातो कार्ड पाएर बाहिरिएसँगै ललितपुर १० खेलाडीमा समेटिएको थियो ।