विराटनगर । नेकपा एमाले विराटनगर अधिवेशनमा भएको निर्वाचनमा बलराम गिरी नवीनको प्यानल नै विजयी भएको छ ।
सर्व सम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि हिजो साँझ भएको निर्वाचनमा गिरी अध्यक्षमा विजयी भएका हुन । उनले १७३ मत पाए । उनका प्रतिस्पर्धी रोहित कोइरालाले १२१ मत पाए ।
गिरीलाई विनोद ढकाल समूहले उम्मेदवार बनाएको थियो । संस्थापन समूहबाट भने कोइराला उम्मेदवार बनेका थिए । सदस्यहरु सर्वसम्मत निर्वाचित भएको अधिवेशनमा संस्थापन समूहबाट एक जना पनि पदाधिकारीमा निर्वाचित भएनन् ।
यसअघि मोरङ जिल्ला अधिवेशनमा पनि ढकाल समूह प्यानलै विजयी भएको थियो ।
प्रदेशको अधिवेशनमा अध्यक्षमा पराजित भएपछि ढकाल समूह र संस्थापन समूहका बिचमा प्रदेश भरी प्रतिस्पर्धा हुँदै आएको छ ।
प्राप्त मत
अध्यक्ष
१. बलराम गिरी : १७३
२. रोहित कोइराला : १२१
उपाध्यक्ष
१. राम पोखरेल : १३६
२. सुरज न्यौपाने : १४५
सचिव
१० नवराज काफ्ले : १०४
२० विज्ञान चापागाईं : १८३
उप-सचिव
१० चन्द्र शेखर विश्वास : ९८
२० हमिद आजाद :१७८
उप सचिव (महिला)
१० कला डाँगी : १११
२० हिमा मैनाली पोखरेल : १६९