Take a fresh look at your lifestyle.

बालेनसँग मिल्ने सम्भावनाबारे सुमना : पुरानो राजनीति चित्त नबुझेका सबै एक ठाउँमा आउनैपर्छ (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले वर्तमान राजनीतिसँग असन्तुष्टि बोकेका र नयाँ सोच भएकाहरु एक ठाउँमा आउनैपर्नेमा जोड दिएकी छन् । आफूले पार्टीको सहमहामन्त्री पदबाट राजीनामा दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् ।

पत्रकारले उनलाई ८४ को चुनावमा बालेनसँग मिल्ने सम्भावनाबारे सोधेका थिए । सुमनाले ‘एस’ वा ‘नो’ नभिनकन निकै घुमाएर जवाफ दिइन् ।

उनको जवाफको सार यस्तो छः

एकदम क्लीयरली भन्नुपर्दा पहिलो फेजको आन्दोलन (रवि पक्राउविरुद्ध) मा हाम्रो (पार्टीभित्र) दुईवटा टिम बनेको थियो । एउटा टिमले यो पुरानो राजनीतिक संस्कारले देश बिग्रियो भन्ने सबैजना एक ठाउँमा आउनुपर्छ भनेर त्यतिबेलै स्थापित गरेका हौं । रविजी स्वयम्ले ‘गो… ह्याभ डिस्कसन’ भन्नुभएको हो ।

मैले बालेनजीलाई भेटेको बसन्तुपुरको स्टेजमा हो । त्योभन्दा पछि भटेको छैन । कुन तरिकाले न्यूजहरु बनाइएको छ भने डिफेन्सीभ पोजिसनमा राखेपछि जे पनि सोध्न सकिन्छ भन्ने हिसाबले आएको छ । यो तरिकाले राजनीतिलाई अगाडि लैजान सक्दैनौं । बैकल्पिक राजनीतिको जुन यात्रा छ, जुन उद्देश्यले म राजनीतिमा लागेँ, बैचारिक स्पष्टताका साथ अगाडि बढ्नुपर्छ ।

हामी जति जनालाई यो चित्त बुझेको छैन, पात्र मात्र होइन, राजनीतिक संस्कार चित्त नबझुको सबै एक ठाउँमा आउनैपर्छ । मैले केन्द्रीय समितिमा पनि भनेको छु । नत्र ‘वान बाइ वान’ एक एक जनालाई दुख दिन्छन् । नयाँ राजनीतिक फोर्स आएर जसलाई घाटा छ, उनीहरुले वान आफट्र अनादर अट्याक गर्छन् । इन्डिभिजुअल लड्ने कि यो तरिका भएन भनेर सामूहिकतामा जान्छौं ?

पार्टीबाट निर्णय गरेर जति पनि संस्कारसँग चित्त नबुझेको मान्छेसँग सम्वाद गरौं भनेको हो । ०८४ मा म चुनाव उठ्छु कि उठ्दिन, कहाँबाट उठ्छु सोचेको छैन । म के कुरामा कन्भिन्स्ड छु भने पुरानो संस्कार भएन भन्ने सबै साथीहरु एक ठाउँमा आउनुपर्छ, फोरम र एलाइन्स बनाउनुपर्छ । विकृतिको विरुद्धमा लड्नुपर्छ भन्नेमा दुईमत छैन ।

सुमनालाई हालैको एक पोडकास्ट अन्तरवार्तामा रवि लामिछानेबारे टिप्पणी गर्न नचाहेको विषयमा पनि पत्रकारले सोधे । उनले त्यसमा गोलमटोल जवाफ दिइन् ।

‘खासको त्यसको दुईवटा भसर्नन छ । म मुभमेन्टबाट आएको होइन । टङ स्लीप भयो भने बर्बाद हुन्छ भनेर धेरैलाई पासै गरेको हो । तर फेरि दोस्रो टके पनि छ । त्यसमा सबैको विषयमा केही बोलेको छु । तर, एउटा भिडिओ भाइरल बनाइयो ।

एउटा प्रश्नमा दुईवटा भर्सन छ । त्यो भिडिओमा त्यस्तो गलत के छ ? अभिव्यक्ति स्वतन्त्रता भनेको हामीलाई लागेको बोल्ने त हो । जे भए पनि फस्र्टमा मलाई लाग्यो कि गलत कुरा बोल्यो भने समस्या आउँछ, कोर्टमा केस चलिरहेको छ । तर, पछि किन पास गरेँ भनेर अर्को टेकमा भनेको छु ।’

सुमनाले आफ्नो राजीनामाको विषय पार्टीभित्रबाट गलत समयमा सार्वजनिक गरिएको भन्दै असन्तुष्टि जनाइन् । आफूले दुई हप्ता अगाडि नै राजीनामा दिएको तर अहिलेसम्म स्वीकृत नभएको उनको भनाइ छ ।

‘दुई हप्ता अगाडि १८–१९ गते दिएको हो राजीनामा । तर शुक्रबार सभापतिज्यू पक्राउ परेपछि यसलाई होल्ड गरौं भन्ने भयो । तर आज बिहान मलाई तारन्तार फोन आयो । राजीनामाको कुरा सोधियो । कहाँबाट थाहा पाउनुभयो भन्दा त विहान तपाईंको पार्टी भित्रैबाट टेक्स्ट आएको हो भन्ने कुरा गर्नुभयो । मैले यो प्लीज होल्ड गरौं, मैले सीसीएममा राखेको छैन भनेको थिएँ । तर बाहिर छ्याप्छ्याप्ती भइसकेको रहेछ ।

मैले दुई हप्ता अगाडि राजीनामा दिँदा सभापतिज्यू बाहिरै हुनुहुन्थ्यो । उहाँ पार्टीमा फर्किएर हामी एकदम एक्साइटेड थियौं । शुक्रबार नै यस्तो हुन्छ भनेर अनुमान गरेका थिएनौं । मेले राजीनामा दिएको टाइम सही थियो । तर, अहिले गलत समयमा प्रचारमा ल्याइयो ।’

Leave A Reply

Your email address will not be published.