Take a fresh look at your lifestyle.

बुटवल क्याम्पसमा १५ दिनभित्र स्ववियु निर्वाचन गराउन उच्च अदालतको उत्प्रेषणयुक्त परमादेश

रुपन्देही । उच्च अदालत तुलसीपुर बुटवल इजलासले यस क्षेत्रको सबैभन्दा धेरै विद्यार्थी रहेको बुटवल बहुमुखी क्याम्पसमा गत चैत ५ गते रोकिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन १५ दिनभित्र गर्न उत्प्रेषणयुक्त परमादेश दिएको छ ।

निर्वाचन प्रकृया अघि बढिसकेको समयमा नेपाल विद्यार्थी संगठनसहित ७ साना दल निकट विद्यार्थी संगठनले तालाबन्दी गरेपछि यहाँको निर्वाचन प्रकृया रोकिएको थियो ।

स्वतन्त्र विद्यार्थीहरुको तर्फबाट नविन खनाल र प्रज्वल बस्नेतले उच्च अदालतमा दिइएको निवेदनका आधारमा अदालतबाट रोकिएकै अवस्थाबाट निर्वाचन प्रकृया अघि बढाउन विपक्षी बुटवल बहुमुखी क्याम्पसलाई उत्प्रेषणयुक्त परमादेश आएको हो ।

इजलास नं ४ मा न्यायधीशद्वय नारायणप्रसाद पौडेल र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले यस्तो आदेश गरेको हो ।

निवेदकहरुको तर्फबाट अधिवक्त मेघनाथ खनाल र विपक्षी बुटवल क्याम्पसको तर्फबाट कृष्णप्रसाद पाण्ढे र जीवनारायण अधिकारीले बहस गरेका थिए ।

Leave A Reply

Your email address will not be published.