Take a fresh look at your lifestyle.

राणा र राजाकालमा नेपालीले सोच्नै पाएनन्: प्रधानमन्त्री ओली (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले सोच्न थालेकै राणा र राजा शासनपछि मात्रै भएको बताएका छन् । नेपालीले राणा र राजाकालमा विचार गर्नै नपाएको भन्दै प्रधानमन्त्री ओलीले संविधान बनाउने संक्रमणकालमा आएको फरकपना नेपालीले विचार गर्न पाएको समयको सामान्य कुरा भएको बताए ।

राणा जस्तै शाहको शासन पनि जहानियाँ र घराना भएको भन्दै ओलीले उनीहरुले देश होइन, आफ्नोबारेमा मात्र सोचेको बताए ।

उनले भने, ‘त्यस्तो शासनले गर्दा नेपाल गरिब भयो ।’

काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले आदर्श कम र स्वार्थ धेरै हावी भएको बताए ।

छिमेकसँग, क्षेत्रसँग र विश्वसँगको सम्बन्धबारेमा बोल्दै उनले भने, ‘अहिले आइडोलोजी कम सम्बन्ध धेरै स्थानमा भत्काइएको अवस्था छ ।’

साना देशले अस्तित्व र ठूला देशले लाभ खोज्ने भन्दै प्रधानमन्त्री ओलीले नेपालको भूगोल, स्वतन्त्रता र स्वाधिनताको रक्षामा नेपाल अगाडि जाने बताए ।

नेपालको राष्ट्रिय हित यही भएको भन्दै उनले भने, ‘विनाएकता हामीले चाहेको उपलब्धि हासिल हुन सक्दैन ।’

भूगोल, भावनामा नेपालमा विविधता भएको भन्दै प्रधानमन्त्री ओलीले यो कमजोरी होइन सामर्थ्य हुने बताए । विश्वको भूराजनीतिकमात्र होइन, भौगोलिक रुपमा पनि नेपाल रणनीतिक क्षेत्रमा भएको बताए ।

विश्वको सबैभन्दा ठूलो कुलिङ सेन्टर भएको क्षेत्रमा नेपाल भएको भन्दै उनले नेपालको अन्तर्राष्ट्रिय उत्तरदायित्व भएको बताए ।

‘हाम्रो विदेश सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध धेरै महत्वपूर्ण पनि छ’, ओलीले भने ।

Leave A Reply

Your email address will not be published.