हेटौँडा । इङ्लिस प्रिमियर लिग (इपिए) मा शनिबार साँझको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन म्यान्चेस्टर सिटीले पुनरागमन जित निकालेको छ ।
अर्को सिजन च्याम्पियन्स लिग दौडमा सङ्घर्ष गरिरहेको सिटीले क्रिस्टल प्यालेस विरुद्ध विशाल जित निकाल्दै राहत महसुस गरेको छ । घरेलु मैदानको खेलमा दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै सिटीले ५-२ को विशाल जित निकालेको हो ।
खेलको ८ औं मिनेटमा प्यालेसको तर्फबाट इब्राइज एजले गोल गर्दै घरेलु दर्शकलाई निराश तुल्याएका थिए । खेलमा २१ औं मिनेटमा रिचार्डले गोल गरेपछि खेल २९० ले प्यालेस अघि बढेको थियो ।
त्यसयता खेलमा फर्किएको सिटीले लगातार पाँच गोल गर्दै टिमलाई महत्त्वपूर्ण तीन अङ्क दिलाए । सिटीको लागि डि ब्रुनाई, उमर मर्मोस, माटको कोभिज, जेम्स म्याक्टी र निको ओर्लेले गोल गर्दै टिमलाई विशाल जित दिलाए ।
जितपछि सिटीले ३२ खेलबाट ५५ अङ्क बटुल्दै तालिकाको चौथो स्थानमा उक्लेको छ । पराजित प्यालेसको ३१ खेलबाट ४३ अङ्क छ र तालिकाको ११ औं स्थानमा छ ।
लिगमा ७३ अङ्क सहित लिभरपुल पहिलो स्थानमा छ भने ६२ अङ्क जोडेको आर्सनल दोस्रो तथा ५७ अङ्क जोडेको नटिङ्घम फरेस्ट तेस्रो स्थानमा छ ।
लिगमा हालसम्म साउथह्याम्पन्टन रेलिगेसनमा परिसकेको छ ।