काठमाडौं । यू-१९ विश्वकप एसिया छनोट नेपालमा हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार यू-१९ विश्वकप एसिया छनोटका खेल अप्रिल १३ देखि १९ सम्म मूलपानी क्रिकेट मैदानमा हुनेछ ।
छनोटमा पहिलो खेल नेपालले अप्रिल १३ मा यूएईसँग खेल्नेछ । दोस्रो खेल ओमनसँग अप्रिल १४, हङकङसँग अप्रिल १६ र अफगानिस्तानसँग अप्रिल १९ मा खेल्नेछ ।
छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने यू-१९ विश्वकप क्रिकेटमा स्थान बनाउनेछ ।