Take a fresh look at your lifestyle.

सरकारविरुद्ध सडकदेखि सदनसम्म दबाब बढाउँदै विपक्षी दल, रणनीति बनाउन जुट्यो समाजवादी मोर्चा

0

काठमाडौं । समाजवादी मोर्चाको बैठक जारी छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा केही समयअघिदेखि बैठक सुरु भएको हो ।

बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताहरु सहभागी छन् । बैठकमा मोर्चाले चैत १५ गते काठमाडौंमा राजावादीहरूलाई काउन्टर दिनको लागि गर्न लागेको प्रदर्शनबारे छलफल भइरहेको छ ।

यस्तै, सरकार भ्रष्टाचारीको संरक्षणमा केन्द्रित भएर कुलमान घिसिङलाई हटाइएको भन्दै सरकारविरुद्ध पनि कडा रुपमा विपक्षी दलहरु उत्रिएका छन् ।

त्यसबारे आजको बैठकमा छलफल भइरहेको छ । आजको सदनको दुवै बैठकमा सरकारमाथि दबाब बढाउँदै विपक्षी दलहरुले अवरोध गरेका छन् ।

Leave A Reply

Your email address will not be published.