Take a fresh look at your lifestyle.

रास्वपालाई कांग्रेसको जवाफ- सदन अवरोध गर्नुपर्ने कुनै आधार छैन

0

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै सदन अवरोध गर्ने तयारी गर्नुको कुनै अर्थ नभएको बताएको छ ।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गर्दै प्रवक्ता महतले विपक्षले संसद् अवरोध गर्नुपर्ने कुनै आधार नरहेको बताए ।

उनले भने, ‘गृहमन्त्रीको विषयलाई लिएर संसद् अवरोध गरिराख्नुपर्ने कुनै आधार नै छैन । न उहाँ छानबिनको दायरामा हुनुहुन्छ न कसैले उहाँलाई ठोस रूपमा आरोपित गरेर आरोप दर्ता गरेको अवस्था छ । केही पनि छैन । विनाआधार अफवाहकै आधारमा संसद् अवरोध हुन थाल्यो भने त कुनै अर्थ हुँदैन ।’

उनले रवि लामिछाने र गृहमन्त्रीको प्रकरण कहीँ पनि नमिल्ने जिकिर गरे ।

उनले थपे, ‘उहाँको त संसदीय छानबिन समितिमा पनि आरोप आयो, दर्ता भयो । सुरक्षा निकायमा पनि दर्ता भइसकेको थियो । छानबिन समितिको प्रतिवेदनबाट पनि कारबाही प्रक्रिया अघि बढाउने आधार देखियो । उहाँमाथि (लेखक) त कुनै आधार र आरोप छैन । खाली मिडिया र सामाजिक सञ्जालको अफवाहको आधारमा निष्कर्षमा पुग्न हुँदैन ।’

माओवादी, रास्वपासहित विपक्षी दलहरूले गृहमन्त्रीको यो विषयलाई उचालेर भोलि संसद् अवरोध गर्नेसम्मको रणनीति अख्तियार गरेका छन् ।

Leave A Reply

Your email address will not be published.