Take a fresh look at your lifestyle.

हितेन्द्रलाई विष्णु रिमालको सन्देश : बलेको बत्तिमुनि बसेर बिजुली गयो भन्दैछन्, सजग रहनुस्

0

काठमाडौं । नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई सामाजिक सञ्जालबाट हौसला दिएका छन् ।

शाक्य प्राधिकरणमा आएपछि लोडसेडिङ बढेको टिकाटिप्पणीहरु भइरहेका बेला रिमालले फेसबुकमा स्टटास लेख्दै शाक्यलाई हौसला दिएका हुन् ।

‘तपाईं नेपाल विद्युत प्राधिकरणको निर्देशक हुनुहुन्छ । आफ्नो काममा तपाईं काबिल हुनुहुन्छ । प्राधिकरणलाई कसरी प्रगतिमा पुर्याउन सकिन्छ भन्नेमा इमान्दार पनि हुनुहुन्छ’, रिमालले भनेका छन् ।
तर बलेको बत्तिमुनि बसेर पोस्ट लेख्दै बिजुली गयो भन्ने न्यारेटिभ बनाइँदै गरेकोप्रति सजग रहन उनको शाक्यलाई सुझाव छ ।

‘बिजुली कसरी आयो थाहा नपाई, बिजुली ल्याइदिने देवता खडा गर्ने समाज हो यो’, रिमाल लेख्छन्, ‘देवत्वकरणको पर्दाभित्र कस्तो यथार्थ लुकेको छ भन्ने कुरा सामाजिक सञ्जालमा न्यारेटिभ निर्माणमा खटाइएका व्यवसायीलाई थाहा छ, तर उनीहरू समाजमा त्यस विपरीत गहिरो भ्रम छरिरहेका छन् । समाजलाई कामको प्रतिफल दिने होइन, न्यारेटिभको अँध्यारो छायाँमुनि राखेर आफ्नो दुनो सोझ्याउने गिरोह सक्रिय छ ।’

रिमालको थप भनाइः

अहिले हाम्रो समाजमा सेवा दिनेहरू होइन, कथा बनाउनेहरू चर्चामा छन् । यस्तो बेलामा तपाईंले इमान्दार प्रयास गर्नुभयो भने पनि, त्यो ‘फिड’ मा देखिँदैन । किनकि त्यो ‘फ्रेम’को हिस्सा होइन ।

त्यसैले, सजग रहनुुस् काम गर्नुस्, तर ध्यान दिनुस् कामभन्दा पनि कथा ठूलो भएको युगमा कथा लेख्नेहरू तपाईंको कामभन्दा अघि पुग्न सक्छन् ।

कर्ममा अडिग रहनुहोस्, तर ‘कन्टेन्ट’को दुनियाँले तपाईंलाई ‘कन्टेन्ट’ बनाउने खेलमा लागेको छ भन्ने कुरा नबिर्सिनुहोस् ।

 

Leave A Reply

Your email address will not be published.