Take a fresh look at your lifestyle.

एल क्लासिकोमा बार्सिलोनाको सानदार जित

0

काठमाडौं । स्पेनिस ला-लिगाको सर्वाधिक महत्त्वपूर्ण खेल मानिने ‘एल क्लासिको’ मा पुनः बार्सिलोनाले बाजि मार्दा यो पटक रियल मड्रिड उपाधि होडबाट लगभग बाहिरिएको छ ।

दुई गोलको अग्रतालाई समेत जोगाउन नसकेको रियलले केलियन एम्बाप्पेको ह्याट्रिकका बाबजुद पनि ४-३ गोलले पराजित भएको छ ।

एम्बाप्पेले खेलको पाँचौँ र १४ औँ मिनेटमा गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए । तर बार्सिलोनाले पहिलो हाफमै ४ गोल फर्कायो । एरिक गार्सिया, लामिन यामालले समान १ र राफिन्हाले २ गोल गरे।

एरिकले १९, लामिनले ३२ तथा राफिन्हाले ३४ र ४५ औँ मिनेटमा गोल गर्दै टिमलाई पहिलो हाफमा ४-२ को अवस्थामा लगे । दोस्रो हाफमा एम्बाप्पेले पुनः गोल गर्दै रियललाई खेलमा फर्काउने प्रयास गरेका थिए तर त्यो पर्याप्त भएन र खेल बार्सिलोनाले जित्यो ।

ला-लिगाको तीन खेल बाँकी रहँदा अब च्याम्पियन हुन बार्सिलोनालाई एक खेल जिते पुग्ने भएको छ। रियल भन्दा ७ अङ्क अघि रहेको बार्सिलोनाले यो सिजन क्लासिकोको सबै चार खेलमा रियललाई पराजित गरिदिएको हो ।

Leave A Reply

Your email address will not be published.