जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपाल धनुषाको अध्यक्षमा पुनः पशुपति यादव बाजी मारेका छन् ।
अघिल्लो पटक यादव सर्वसम्मत जिल्ला अध्यक्ष बनेका थिए । यो पटक निर्वाचनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
आइतबार भएको निर्वाचनको परिणाम अनुसार पशुपतिले प्रतिस्पर्धी शत्रुधन महतोलाई ४ मतले पराजित गरेका छन् । पशुपतिले १६८ मत पाएका छन् भने उनका प्रतिस्पर्धी शत्रुधनले १६४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
दुई उपाध्यक्षमा दिनेशप्रसाद यादवले १८० मत र ललित मण्डलले १५० मत ल्याएर निर्वाचित भएका भएका छन् । उपाध्यक्षमा निर्वाचित दिनेश शहीदनगर नगरपालिकाका नगरप्रमुख पनि हुन् ।
यस्तै सचिवमा रामनारायण कापडीले ९७ मत ल्याएर निर्वाचित भएका हुन । उपसचिवमा राम विहारी यादवले १६० मत र शशिचन्द्र यादवले १५७ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा सुजिता यादवले १५७ मत ल्याएर निर्वाचित भएका छन् ।
७ पदाधिकारीसहित ५७ सदस्यीय जिल्ला समितिका लागि निर्वाचन भएको हो । सदस्यहरुको मतगणना भने जारी छ ।