Take a fresh look at your lifestyle.

बुटवलमा प्रदीप नेपालको जीवनीमाथि चर्चा

0

रूपन्देही । नेपाली वामपन्थी आन्दोलनका नेता एवं साहित्यकार प्रदीप नेपालको सम्मान र स्मृतिमा बुटवलमा उहाँको जीवनीमाथि चर्चा गरिएको छ ।

मार्क्सवादी विचार मञ्च नेपालले बुटवलमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले दिवंगत प्रदीप नेपालले कम्युनिष्ट आन्दोलन र लेखनमा गरेको योगदानको चर्चा गर्दै उहाँ निर्भिक र इमानदार नेता भएको बताए ।

लुम्बिनीका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद लीला गिरीले उहाँ सरल, इमानदार, सही र गलत छुट्याउनसक्ने असल कम्युनिष्ट नेता भएको बताए ।

उनले पत्रकारिता र साहित्यिक लेखनको माध्यमबाट समेत महत्वपूर्ण योगदान गरेको जनाए ।

मार्क्सवादी चिन्तक एवं वरिष्ठ साहित्यकार दिल साहनीले पञ्चायतकालमा पार्टी भूमिगत रहेको बेला प्रदीप नेपालसितको सहकार्य र भेटघाटको स्मरण गर्दै उहाँ स्पष्ट र निर्भीक व्यक्तित्व भएको बताए ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पीबीएम प्रेम सुवेदीले उहाँ राजनीतिक, साहित्यिक, सांस्कृतिक र पत्रकारिता क्षेत्रमा योगदान गरेका बहुआयामिक व्यक्तित्व भएको स्मरण गरे ।

संस्कृतिकर्मी झपेन्द्र जीसीले कम्युनिष्ट आन्दोलनको विस्तारको क्रममा उहाँले लुम्बिनी क्षेत्रको समेत नेता भएको बताउँदै उहाँले लेखेका बाल साहित्यलाई स्थानीय सरकारले पाठ्यपुस्तकमा राख्नुपर्ने बताए ।

लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष ऋषि आजादले उहाँले मृत्युको नयाँ संस्कार छोडेर जानुभएकोले यसलाई सबैले आत्मसात गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रदेशका पूर्वसांसद थानकुमारी थापा, वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईंलगायतले पनि दिवंगत नेता नेपालको योगदानबारे चर्चा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.