Take a fresh look at your lifestyle.

सरकारबारे रञ्जिताको बोली फेरियो- गृहमन्त्रीले जवाफ दिइसक्नुभयो, अब छाड्दैनौँ (भिडिओ)

0

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टी सरकार छाड्ने मनस्थितिमा नरहेको बताएकी छन्।

प्रतिनिधिसभाको बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्रीले सदनबाट दिएको जवाफ चित्तबुझ्दो भएको बताइन्।

उनले भनिन्, ‘गृहमन्त्रीले जवाफ नदिनुभएको भए त छुट्टै पाटो थियो। उहाँले हामीले भनेको निश्चित समयमा जवाफ दिइसक्नुभएकाले अहिले सरकारमै रहन्छौँ।’

हिजो गृहमन्त्री रमेश लेखकले नाउपाका संरक्षक रेशम चौधरी पक्राउ प्रकरणमा सरकारको कुनै पूर्वाग्रह नरहेको प्रष्टीकरण दिएका थिए। तर नाउपाले चौधरी पक्राउ परेपछि सरकार छाड्ने चेतावनी दिएपछि अहिले अध्यक्ष चौधरीको बोली फेरिएको छ।

चौधरी पक्राउ परेसँगै रोकिएको जनमतसँगको एकता चाँडै हुने बताइन्। उनले जनमतका अध्यक्ष सिके राउत पार्टीका कार्यक्रमले बाहिर रहेकाले केही ढिलाइ भएको बताइन्।

Leave A Reply

Your email address will not be published.