काठमाडौं । नेकपा एकीकृत समाजवादीले युवा संघ नेपालको संयोजकमा रोशन थापालाई तोकेको छ ।
पार्टीले जारी गरेको पछिल्लो अपानी बमोजिम नुवाकोटका थापालाई संयोजक तोकेको जानकारी युवा संघ इन्चार्ज तथा पोलिटव्युरो लक्ष्मण केसीले जनाएका छन् ।
थापाको नेतृत्वमा गठित आयोजक समितिलाई पूर्णता दिन धर्म शाही,संजिव राई,नरेश गिरी,प्रेम प्रधान र फइन्द्र तामाङ सदस्य रहेको कार्यदल गठन गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । यसअघिका अध्यक्ष कृष्ण विश्वकर्मालाई पार्टीले अपानीमार्फत नै हटाएको थियो ।