Take a fresh look at your lifestyle.

युवाहरूलाई ओलीको आह्वान- राजावादीले देखाएको राक्षसी प्रवृत्तिको अस्वीकार गर्नुस् (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई लोकतन्त्र र संविधानको रक्षामा लाग्न आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा एमालेले आयोजना गरेको युथ सेलिब्रेसन कार्यक्रमलाई सम्बोधन गर्दै लोकतन्त्रमा मात्रै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा हुने बताए ।

उनले भने, ‘अहिले सामान्ती युगलाई फेरि फर्काउने आवाज कताकता सुनिन थालेको छ। देशमा लोकतन्त्र नमान्ने, संविधान नमान्ने, जनताको बलिदानको अपमान गर्ने काम भएको छ ।’

प्रतिगमनतिर देशलाई लानको लागि जनताको हत्या, तोडफोड, आगजनी गर्ने काम भएको बताए । उनले राजावादीहरूले जंगलीमात्रै होइन राक्षसी प्रवृत्ति देखाएको भन्दै अस्वीकार गर्दै युवाहरू लोकतन्त्र र संविधानको रक्षा गर्ने कुरामा लाग्नुपर्ने बताए ।

Leave A Reply

Your email address will not be published.