काठमाडौं । वाईसीएल नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
काठमाडौंमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने वाईसीएलका अध्यक्ष सुवोध शेर्पालीले बताए ।
वाईसीएलले जेठ ५ भित्र प्रदेश सम्मेलन सक्ने लक्ष्य लिएको बताए ।
बागमतीको वैशाख १७ र १८ र विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदूरपश्चिमको वैशाख २३ र २४ गते धनगढीमा, कोशी प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङमा र मधेसको जेठ ४ र ५ गते गर्ने निर्णय भएको बताए ।
स्थानीय तहका चार सयभन्दा बढी सम्मेलन सकिसकेको बताए ।