Take a fresh look at your lifestyle.

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त आरजु राणापछि आठौं वरीयतामा

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त मन्त्रिपरिषद्को बरियताक्रमको आठौँ नम्बरमा अटाएका छन् ।

भर्खरै मात्रै राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको २ राज्यमन्त्री सहितको २४ सदस्यीय मन्त्रिपरिषद्मा आठौँ नम्बरमा अटाएका हुन् ।

वरियता अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीपछि दोस्रो नम्बरमा उपप्रधान एवम सहरी विकासमँन्त्री प्रकाशनमान सिंह, तेस्रो नम्बरमा उपप्रधान एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल, चौथो नम्बरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, पाचौँ नम्बरमा गृहमन्त्री रमेश लेखक, छैटौ नम्बरमा श्रम, रोजगार तथा सामाजिक सरक्षामन्त्री शरदसिंह भण्डारी र सातौ नम्बरमा परराष्ट्रमन्त्री डा.आरजु राणा रहेका छन् ।

शिक्षामन्त्री पन्त भन्दा पछि नवौँ नम्बरमा खानेपानीमन्त्री प्रदीप यादव, १० औँ नम्बरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारी र एघारौ नम्बरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी रहेका छन् ।

एमालेबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व गर्ने मन्त्रीको बरियतामा पन्त चौथो नम्बरमा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.