Take a fresh look at your lifestyle.

कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ । वैशाख १७ गते बुधबार दिनको दिउँसो १ बजे बस्नेगरी बोलाइएको बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारप्रति पार्टीभित्र चर्को असन्तुष्टि बढेपछि बैठक राखेका थिए ।

देउवा अहिले स्वास्थ्य उपचारको लागि थाइल्याण्ड पुगेका छन् ।

देउवा थाइल्याण्ड पुगेपछि नेपालको राजनीतिक कोर्ष परिवर्तन हुने चर्चाकोबीच कांग्रेसको बैठक स्थागित भएको हो। कांग्रेसका नेता डा. शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु एमालेसँगको सहकार्यमा पछिल्लो समय सन्तुष्ट छैनन् ।

 

Leave A Reply

Your email address will not be published.