बुटवल । पुर्वी नवलपुरस्थित आरूङ्गखोला बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा सर्वसम्मत पदाधिकारी र सदस्य चयन भएका छन् ।
अरुणखोला क्याम्पस स्ववियु सभापतिमा नेकपा एस निकट अनेरास्ववियूबाट प्रकृती पंगेनी सर्वसम्मत भएकी छन् । जिल्ला भित्रका विद्यार्थी संगठनहरुको सहमतिमा उनलाइ सभापति बनाएर अन्य संगठनले पदाधिकारी तथा सदस्य लिएका छन् ।
सचिव पद भने खाली राखिएको छ । यस्तै कोषाध्यक्षमा अनिता दरै, सदस्यहरू निमिसा दरै, थानिसरा वयम्बु, गनिसरा आले तथासमानुपातिकतर्फ सिद्धका बस्नेत, सुष्मा नेपाली, निरा गाहा मगर निर्वाचित भएको निर्वाचन संयोजक रामप्रसाद अधिकारीले बताए। सचिव र दुई सदस्यपछि घोषणा गरिनेछ।