काठमाडौं । नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा भाेलि काठमाडौंमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रमको गर्दैछ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्न लागेको हो। भोलि हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको युवा संघका अध्यक्ष क्षितिज थेवेले बताए।
उनले भने, ‘जनताले जितेको ऐतिहासिक दिनलाई नेपाली युवाहरूले सेलिब्रेशन गर्नुपर्छ। यो लोकतन्त्रको उत्सवको रुपमा युवाहरु अघि बढ्नुपर्छ। एमालेको ४० वर्षमुनिका युवाहरु सहभागी हुन आएका छौं। तयारी अन्तिम चरणमा पुगिसकेका छौं। भोलि एक लाख युवाहरुलाई हामी स्वागत गर्दैछौं।’
उनले भोलि एक लाख युवाहरुले देश बनाउँछु भन्ने संकल्प गरेर अघि बढ्ने बताए। भोलिको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्ने तय भएको छ।