Take a fresh look at your lifestyle.

टोल र जनसंगठनमा निर्वाचित पदाधिकारी र सदस्यहरूलाई प्रमाणपत्र वितरण

इनरुवा, सुनसरी । नेकपा (एमाले) इनरुवा न.पा.–५ को वडा कमिटीले “नव वर्ष –२०८२ को शुभकामना आदानप्रदान तथा वडा(जरा) केन्द्रित अभियाने सम्पन्न भएको छ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्यको प्रमुख आतिथ्य र वडा कमिटीका अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षता कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा १०५ वर्षीय कृष्ण माया देवी कोइराला लगायत ८० वर्ष भन्दा माथिका वडा भित्रका ६८ जना ज्येष्ठ नागरिकहरूलाई जरा अभियान अन्तर्गत सम्मान गरियो । कार्यक्रममा बोल्दै आचार्यले यो सरकारले युवा लक्षित बजेट निर्माणमा ध्यान दिनुपर्छ जसले गर्दा वैदेशिक पलायन कम गर्न र देश भित्रै युवालाई रोजगारीको सृजना गर्न सहयोग पुग्ने बताए्न ।  एमाले सधैँभरि ज्येष्ठ नागरिकहरूलाई सम्मान र सहयोग प्रदान गर्दै आइरहेको बताउँदै  यसलाई सधैँभरि निरन्तरता दिनु पर्ने बताए ।

अर्को प्रसंगमा आचार्यले, इनरुवा–दुहबी सडक खण्ड ४ लेनको बनाउन, प्रदेशको गौरवको आयोजनाको रूपमा अगाडि बढाउन अत्यन्तै संवेदनशील छौं । यसलाई म मुख्यमन्त्री हुँदै देखि डिजाइन स्टेटमेन्ट गरी ठेक्का लगाउन लागी परेका र प्रदेश सरकारलाई निरन्तर फलोअप गरी रहेको बताए ।

एमाले केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज जगदीश कुशियतले “इनरुवा–५ मा जरा केन्द्रित अभियान आफ्नो मूल उद्देश्य पूरा गर्न सफल भएको महसुस भएको छ । नेपालको लोकतान्त्रिक व्यवस्था मजबुत बनाउन हाम्रो पार्टी जनताको बिचमा निरन्तर लागि रहेको छ ।”

कार्यक्रममा जरा अभियानका प्रमुख अभियन्ता नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य  लोकेश निरौलाले भने, ‘इनरुवा, बलाहा, सुनसरी शिक्षित जनसमुदायको बसोबास गर्ने स्थान तथा  कम्युनिस्ट आन्दोलनको उर्वर भूमि रहेको र अभियानको सन्दर्भमा यहाँ काम गर्न पाउँदा आफूलाई अत्यन्तै गर्व महसुस भएको छ ।’

यो अभियानमा सबै टोल कमिटीहरू, महत्त्वपूर्ण जनसंगठनहरुको निर्माण, संगठित सदस्यता सत प्रतिशत नवीकरण, नयाँ सदस्यता उत्साहजनक बिस्तार भएको बताए । अभियान को क्रममा विकास निर्माण र विभिन्न जनसरोकारका विषयमा बृहत् छलफल र समाधानको  प्रयत्न भई स्थानीय तहमा पार्टीको सबलीकरण र पार्टी जीवनको शुद्धीकरण र सुदृढीकरण गर्न यो अभियानको  सफल भएको र अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण तहका नेतृत्व र जनसमुदायलाई विशेष धन्यवाद व्यक्त गरे ।

अभियान २४ फागुन २०८१ मा अभिमुखीकरण र सदस्यता नवीकरण गरी सुरु भएको थियो । सोही दिन ९२ वर्षीय ज्येष्ठ नागरिक भवानी प्रसाद पोखरेल लगायतले सदस्यता नवीकरण गरेका थिए ।

कार्यक्रममा केन्द्रीय सदस्य जगदीश कुसियत, जिल्ला का.वा अध्यक्ष पर्शुराम यादव, नगर अध्यक्ष प्रेम पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा( एमाले) केन्द्रीय सदस्य एवम् सुनसरी इन्चार्ज जगदीश कुर्सियत,  केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल, प्रदेश कमिटी सदस्यहरू नीरा खनाल, लोकेश निरौला, रामप्रसाद मेहेता, कालुराम गुरुङ, राज कुमार दङ्गाल, सुनसरी जिल्ला का.वा.अध्यक्ष पर्शुराम यादव सहित इनरुवा नगर भित्रका नेकपा (एमाले) जिल्ला सदस्यहरू,  विभिन्न जनसंगठनका नेताहरु, इनरुवा नगर कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थित थियो ।

Leave A Reply

Your email address will not be published.