काठमाडौं । प्रतिनिधि सभामा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि वैशाख २२ गतेबाट छलफल हुने भएको छ।
नीति तथा कार्यक्रम सार्वजनिक गरेलगत्तै बसेको बैठकमा सभामुख देवराज घिमिरेले वैशाख २२ देखि २६ र २८ छलफल र प्रधानमन्त्रीले जवाफ दिने कार्यतालिक तय भएको बताए।
उनका अनुसार छलफल दलीय प्रतिनिधित्वमा आधारमा हुनेछ। बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवादको प्रस्ताव पारित भएको छ।
अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेछ।