काठमाडौं । सरकारका प्रवक्ता पीएस गुरुङले आन्दोलनरत् शिक्षक र सरकारबीचको वार्ता निष्कर्ष नजिक पुगेको बताएका छन् ।
क्याविनेट बैठकबाट निस्किँदै उनले महासंघका अध्यक्ष, उपाध्यक्ष र महासचिवसँग शिक्षामन्त्रीको वार्ता सकारात्मक भएको जानकारी पाएको बताए । यद्यपि मन्त्री रघुजी पन्तले आजको वार्ताको जानकारी गराए पनि शिक्षकहरूको आन्दोलनको एजेण्डा आजको क्याविनेटमा नभएको उनको भनाइ छ ।
‘मन्त्रीज्यूले वार्ता गर्नुभएको छ केही कुरा निष्कर्षमा पुगेको जस्तो लाग्छ मलाई । भोलि वा पर्सिसम्ममा शिक्षकहरूले उठाएका मागबारे सहमति हुन्छ । विद्यालय फर्काउन वातावरण बनाउन सकिन्छ । मन्त्रालय र शिक्षक प्रतिनिधिबीचको संवाद जानकारी गराउनुभयो भोलिसम्ममा सम्भवत: समाधान हुने अपेक्षा गरिएको छ ।’