हेटौँडा । फ्रेन्च लिग वानको उपाधि ६ खेल अघि नै पेरिस सेन्ट-जर्मेन (पीएसजी) ले जितेको छ ।
डिजायर डुएले एक मात्र गोल गर्दै पीएसजीलाई शनिवार एन्जेर्स १-० ले जिताएपछि ६ खेलअघि नै फ्रेन्च लिग वानको उपाधि जितेको छ।
लुइस एनरिकको टोलीलाई यो सिजन च्याम्पियन बन्नका लागि १ अंक मात्र आवश्यक थियो। तर उसले तीन अङ्कनै प्राप्त गर्न सफल भएपछि उपाधि जितेको हो ।
यसअघि सन् २०१६ मा पीएसजीले ८ खेल बाँकी छँदै लिग वानको उपाधि जितेको थियो । लियोनले २००७ मा ६ खेल बाँकी छँदै सो उपलब्धि हासिल गरेको थियो।
उपाधि जितेसँगै पीएसजीले आफ्नो उपाधि सङ्ख्या १३ पुर्याएको छ । पछिल्लो १३ सिजनमा ११ वटा उपाधि जित्दै उसले फ्रेन्च लिगमा आफ्नो दबदबालाई जारी राखेको छ ।