हेटौँडा । स्पेनिस ला-लिगाको दौडमा रहेको रियल म्याड्रिडलाई भ्यालेन्सीयाले स्तब्ध बनाइदिएको छ ।
शनिवार रातीको खेलमा रियललाई २-१ गोलले पराजित गर्दै भ्यालेन्सियाले इतिहास रचेपछि रियलको उपाधि अभियानमा धक्का लागेको हो ।
खेलको १५ औँ मिनेटमा भ्यालेन्सियाका माउक्तार डियाखाबीले गोल गर्दै टीमलाई पहिलो अग्रता दिलाएका थिए ।
पहिलो हाफ १-० ले अघि रहेको रियलले दोस्रो हाफको ५० औँ मिनेटमा भिनियस जुनियरको गोल मार्फत रियललाई बराबरीमा फर्काए ।
तर खेलको इन्ज्युरी समयको पाँचौँ मिनेटमा राफा मिरले दिएको उत्कृष्ट क्रसमा डुरोले गोल गरेपछी भ्यालेन्सियाले महत्त्वपूर्ण जित निकालेको हो ।
यो हारपछि रियलले बार्सिलोनासँग अङ्क बराबर बनाउने आफ्नो उद्देश्य पूरा गर्न सफल भएन ।
गएराति नै भएको अर्को खेलमा लिग लिडर बार्सिलोना पनि रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ । यो बराबरीले बार्सालाई पनि उपाधि अभियानमा घाटा लागेको छ ।
शनिवार रातिको खेलपछि ३० खेलबाट ६७ अङ्क सहित बार्सिलोना पहिलो स्थानमा रहँदा समान खेलबाट ६३ अङ्क सहित रियल दोस्रो स्थानमा छ ।