Take a fresh look at your lifestyle.

राजनीतिमा आउने सम्भावनाबारे कुलमानको जवाफ : कुनै पनि जिम्मेवारीका लागि तयार छु (भिडिओ)

काठमाडौं । विद्युत् प्राधिकरणमा निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले भविष्यमा राजनीतिमा आउन सक्ने सम्भावनाबारे सकारात्मक संकेत गरेका छन् । आज उनले गरेको पत्रकार सम्मेलनमा पत्रकारले यसबारे जिज्ञासा राखेका थिए ।

‘तपाईँ राजनीतिमा आउने र दीपक खड्काकै निर्वाचन क्षेत्रमा चुनाव लड्ने चर्चा पनि सुनिन्छ, यसका कत्तिको सत्यता छ ?’ पत्रकारले उनलाई सोधे ।

घिसिङले जवाफ दिए, ‘मैले अघि वक्तव्यमा पनि भनेको छु । म एउटा जिम्मेवार नागरिक हो । अब तपाईंहरुजस्तै नागरिक भएँ, कर्मचारी रहिनँ । एउटा जिम्मेवार नागरिक भएर म सदैव देशको हितको लागि, समृद्धिका लागि, कुनै पनि जिम्मेवारी लिन तयार छु ।’

Leave A Reply

Your email address will not be published.